पाकिस्तानको बलुचिस्तानमा विष्फोट हुँदा ३५ जनाको मृत्यु

Blast-2-copy

इस्लामावाद: पाकिस्तानको बलुचिस्तान प्रान्तको एक मस्जिद नजिकै शक्तिशाली बम विष्फोट भएको छ। आक्रमणकारीले जुलुसलाई निशाना बनाएर विस्फोट गराए। शुक्रबार इद मिलाद–उल–नबीको अवसरमा यो जुलुस निकालिएको हो। यस आक्रमणमा हालसम्म ३४ जनाको मृत्यु भएको बताइएको छ। जबकि सयभन्दा बढी घाइते भएका छन्। यो जानकारी पाकिस्तानी मिडियाबाट प्राप्त भएको हो। मस्तुङ जिल्लाको अल फलाह मस्जिद नजिकै विस्फोट भएको हो। आक्रमणपछि अस्पतालमा आपतकाल घोषणा गरिएको छ। विस्फोटमा परी एक प्रहरी नायब उपरीक्षक (डीएसपी)को मृत्यु भएको छ। सिटी स्टेशन हाउस अफिसर मोहम्मद जावेद लेहरीले विस्फोटमा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको बताएका छन्। सञ्चारमाध्यमलाई जानकारी दिँदै उनले विष्फोट आत्मघाती भएको र डिएसपी गिसकौरीको गाडी नजिकै विष्फोट भएको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *