कोहलीको समर्थनमा अघि आए बीसीसीआई अध्यक्ष गांगुली

IMG-20220714-WA0087.jpg

१४ जुलाईः भारतीय क्रिकेट टीमका स्टार ब्याटर विराट कोहली लामो समयदेखि खराब फर्मसँग जुझिरहेका छन्। कोहलीले तीनैवटा प्रारूप (फर्मेट)-मा आशआनुरुप रन बनाउन सकेका छैनन्। अहिले ईंग्ल्याण्ड यात्रामा पनि उनले टेस्ट र टी२० सीरीजमा केही खास गर्न सकेनन्। खराब फर्म र टीममा उनको स्थानलाई लिएर पूर्व क्रिकेटरहरूले आवाज उठाउन थालेका छन्। यसबीच पूर्व भारतीय कप्तान तथा बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले चाहिँ कोहलीको समर्थनमा आवाज उठाएका छन्। अहिले सर्वत्र आलोचना भइरहेको समय गांगुलीले कोहली अहिले खराब फर्ममा रहे पनि चाँड़ै लय हासिल गरेर रन बनाउन शुरु गर्ने आशा व्यक्त गरे। एउटा इण्टरभ्यू-मा गांगुलीले भने, तपाईं कोहलीको अन्तर्राष्ट्रिय करियर हेर्नुहोस्। उनले जे-जति पनि उपलब्धिहरू हासिल गरेका छन् त्यो प्रतिभा र योग्यता बिना सम्भव छैन। अहिले उनी खराब फर्ममा रहेका छन् तर एकजना महान खेलाड़ी झैं उनलाई पनि यस मुश्किल समयबाट कसरी बाहिर निस्किनु पर्छ भन्ने थाहा छ। उनले चाँड़ै रन बनाउन शुरु गर्नेछन्।
गांगुलीले भने, कोहलीलाई उनको स्तर थाहा छ। म आफै पनि कोहली चाँड़ै लयमा फर्किएर टीमको निम्ति असल प्रदर्शन गरुन् भन्ने चाहन्छु। उनले १२-१३ सालदेखि टीम इण्डियाको निम्ति लगातार असल प्रदर्शन गरेका छन् अनि आउँदो दिनहरूमा पनि त्यस्तो गर्न जारी राख्ने मलाई विश्वास छ। अहिले क्रिकेट मैदान बाहिर कोहलीको लगातार आलोचना भइरहेको छ। यसबारे दादाले भने, खेलमा यस्तो हुन्छ। यो खेलकै हिस्सा हो। यो सबैको क्षेत्रमा हुन्छ। यो केवल कोहली मात्र नभएर सचिन तेन्दुलकर, राहुल द्रविड़ र मेरो क्षेत्रमा पनि भएको हो अनि भविष्यमा कुनै पनि खेलाड़ीको क्षेत्रमा हुन सक्छ। खराब फर्म कुनै पनि समय आउन सक्छ अनि एकजना खेलाड़ीको रूपमा तपाईं यसको सामना गर्न तयार रहनु पर्छ। यस्तो स्थितिमा खेलाड़ीहरूले केवल आफ्नो खेलमा ध्यान दिनु पर्छ। मैदान बाहिर हुने कुराहरूमा होइन। उल्लेखनीय छ, कोहली ईंग्ल्याण्ड यात्रामा एउटा टेस्ट र दुईवटा टी२० म्याचमा ब्याटिंगको निम्ति मैदानमा ओर्लिए। टेस्ट म्याचको दुवै ईनिंग्स मिलाएर उनले केवल ३१ रन बनाए। यसरी नै उनले दुईवटा टी20 म्याचमा क्रमशः १ र ११ रन बनाए। चोटले गर्दा कोहली ईंग्ल्याण्ड विरुद्ध पहिलो वनडे म्याचबाट बाहिर रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement