नियुक्ति भ्रष्टाचारमा अभिषेक ब्यानर्जीको भूमिका अहम, केन्द्रिय एजेन्सीले ठीकले जाँच गरोस्- भाजपा

IMG-20230410-WA0169-11-300x172-12

कोलकाताः पश्चिम बंगाल भाजपा अध्यक्ष सुकान्त मजूमदारले मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीले ईडीको तर्फबाट पाएको नोटिसमाथि महत्वपूर्ण टिप्पणी गरेका छन्। बिहिवार उनले भने, नियुक्ति भ्रष्टाचार मामिलामा अभिषेक ब्यानर्जीको भूमिका अङम छ र केन्द्रिय एजेन्सीहरूले ठीकले जाँच गर्नुपर्छ।

उनले भने, केन्द्रिय एजेन्सी तृणमूल सांसद अभिषेक ब्यानर्जीको ब्याङ्क खाताको पत्तो लगाउनमा असमर्थ छ। अभिषेक ब्यानर्जीलाई बोलाइएको छ। उनको नाम भ्रष्टाचारसित जुड़ेको मामिलाहरूमा बारम्बार आइरहेछ। ईडीले उचित जाँच गर्नुपर्छ। ईडीले के अभिषेक ब्यानर्जीको विदेशी ब्याङ्क खाता छ र त्यहाँ कहाँबाट धन निकालिरहेका छन्, यो हेर्नुपर्छ। अभिषेकले नियमित रूपमा दुबई, अमेरिका, आदि देशहरूको यात्रा गरिरहेकाछन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement