कोलकाताः राजधानी कोलकातालाई शिल्पाञ्चाल शहरहरूसित जोड्ने मुख्य हावड़ा ब्रिजलाई शुक्रवार बिहान आदिवासी संगठनहरूले जाम गरे। आफ्नो मागहरूलाई लिएर यी संगठनहरूको तर्फबाट निकालिएको ऱ्यालीको कारण शुक्रवार अफिस जानेहरू यस अव्यवस्थाको कारण समस्यामा परे। बिहान लगभग ९ बजी सैकड़ौंको संख्यामा आदिवासी समुदायका मानिसहरू हावड़ा ब्रिजमा जुट्न थाले औं जुलूसको रूपमा ब्रेबर्न रोड हुँदै धर्मतल्लातिर बढ्नथाले। यसले गर्दा हावड़ा ब्रिजका दुवैतिर गाड़ीहरूलाई रोक्न पऱ्यो। ब्रिजका दुवैतिर सैकड़ौं बसहरू र निजी वाहनहरूको कतार लाग्यो।
विरोध गर्ने संगठनहरूको भनाई छ, उनीहरूको ऱ्याली धर्मतल्लासम्म जाने र जबसम्म सबैजना पुग्नेछैनन् तबसम्म ऱ्याली चल्नेछ। दलित र महादलित समुदायमा आदिवासी समुदायहरूलाई सामेल गर्ने मागमा यूनाइटेड फोरम अफ अल आदिवासी अर्गनाइजेशन्सको ब्यानरमुनि हजारौं मानिसहरू हावड़ा ब्रिजमा जुटे, जो त्यसमा सामेल भएका छन्।
-हिस