कुचबिहारः दिनहाटा ब्लक नम्बर-१ को बेटला बोरोडाङ्गा क्षेत्रको अब्दुल खालिक मिया नाम गरेको एक व्यक्तिको हत्या गरिएको छ। आज बिहान उसको क्षत विक्षत शव भेटिएपछि क्षेत्रमा सनसनी फैलियो।
पारिवारिक सत्रहरू अनुसार, अब्दुल खालिक संधै झैं हिजो रातिपनि आफ्नो घरको नजिकको पोखरीमा माछा मार्न गएको थियो। जब बिहान अब्दुल फर्केन तब परिजनहरूले उसलाई खोज्दै पोखरी नजिक पुगे, जहाँ उसको क्षत विक्षत शव भेटाइयो। प्रारम्भिक रूपमा टाउको कुल्चेर हत्या गरिएको थाहा लागेको छ।
घटनापछि दिनहाटा थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई जफत गरी दिनहाटा थाना लग्यो। पुलिस घटनाको जाँचमा जुटेको छ।