कालचिनीः केन्द्र सरकारले विगत १८ महिनादेखि गरिब मेहनती जनताको मनरेगाको करोड़ौँ रुपियाँ रोकेकोले पूर्वघोषित कार्यक्रम अनुसार बिहीबार नै कालचिनी ब्लकको जम्मा ११ वटा अञ्चलहरूबाट जम्मा ३६ जना जबकार्ड धारकहरू तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवको नेतृत्वमा कलकत्ता प्रस्थान गरेको थियो भने शुक्रबार कलकत्ताबाट उनीहरू दिल्ली प्रस्थान भएको तृणमूल सुत्रले जनाएका छन्। यसदिने कामको वेतन गरीब जनसाधारणले नपाएकोले तृणमूलले अक्टोबर २ र ३ मा दिल्लीमा आन्दोलन गर्ने कार्यक्रम रहेको छ।
पश्चिम बंगालका हजारौं जबकार्ड धारकहरूको मनरेगाको रकम अदाय गर्न मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीको नेतृत्वमा दिल्लीमा विरोध प्रदर्शन गर्ने बताईएको छ।