भारी मात्रामा अवैद्य नशालु क्यापसुल सहित एकजना पक्राउ

a935cacb-a760-41bf-a557-0a79813703c8-1

कालचिनीः एसओजी टीमको गोप्य सूचनाको आधारमा कालचिनी थानाको पुलिसबलले बिहीबार दक्षीण साताली क्षेत्रबाट एकजना युवकलाई भारी मात्रामा अवैद्य नशालु क्यापसुल स्पाज्मो प्रोक्सिभियनसितै पक्राउ गर्न सफल भएको थियो।
पत्रा परेका अभियुक्त युवकको नाम विजय राई जयगाउँ भानुभक्त टोल निवासी रहेको पुलिसले बताएका छन्।
उक्त युवकबाट ५४० स्ट्रिप प्रोक्सिभियन क्यापसुल लगायत १० किलो ६६० ग्राम खुल्ला प्रोक्सिभियन क्यापसुल बरामद गरेको थियो।
आरोपी युवकलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर अलिपुरद्वार जिल्ला अदालतमा पठाएको र अवैद्य नशालु लागु पदार्थको बेचबिखन विरुद्ध पुलिसको अभियान लगातार चल्ने कालचिनी थाना प्रभारी गौरव हाँसदाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement