कालचिनीः नदी र खोलाबाट अवैद्य ढुङ्गा र बालुवा ओसार पसार विरुद्ध निरन्तर पुलिस प्रशासनको अभियान अन्तर्गत शुक्रबार कालचिनी थानाको पुलिसबलले बासरा नदीबाट आरबीएम भरिएको ट्र्याक्टर र लरी जफत गरेका छन्।
मौका छोपेर ट्र्याक्टर चालक भाग्न सफल भएको थियो भने अवैद्य रुपमा नदीबाट आरबीएम भरेको ट्र्याक्टर र यसको मालिक विरुद्ध मामिला शुरु गरिने कालचिनी थाना प्रभारी गौरव हाँसदाले जनाएका छन्।