१४ जुलाईः नवनीत कौरले छिराएकी २ गोलको सहायताले भारतीय महिला हकी टीमले जापानलाई ३-१-ले पराजित गरी एफआईएच महिला विश्व कपमा नवौं स्थानको साथ निराशाजनक अभियानको समापन गऱ्यो। नवनीतले म्याचको ३०औं र ४५औं मिनटमा दुई गोल गरिन् जबकि एक गोल दीप ग्रेस एक्काले ३८औं मिनटमा छिराइन्। जापानको तर्फबाट एकमात्र गोल यू असाइले २०औं मिनटमा गरिन्। म्याचमा पहिलो क्वार्टरको पहिलो ५ मिनटमा दुवै टीमले बराबरीको हमला गरे पनि गोल हुन सकेन। भारतले चाँड़ै बढ़त हासिल गर्ने मौका पनि पाएको थियो तर वन्दना कटारियाको शट्लाई जापानकी गोलकीपर एइका नकामूराले रोकिन्। यसरी पहिलो क्वार्टरमा दुवै टीमलाई सफलता हासिल भएन।
दोस्रो क्वार्टरमा भारतले असल शुरुवात गर्दै २ मिनट भित्र दुईवटा असल मौका बनायो तर गोल चाहिँ हुन सकेन। यसबीच २०औं मिनटमा पेनल्टी कर्नरबाट गोल गरी असाइले जापानलाई बढ़त दिलाइन्। भारतले पनि जवाबी हमलामा पेनल्टी कर्नर हासिल गऱ्यो तर गोल हुन सकेन। त्यसपछि नवनीतले हाफ टाइमको ठीक अघि गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याइन्। दोस्रो हाफमा भारतले आक्रामक शुरुवात गऱ्यो अनि छैटौं पेनल्टी कर्नर हासिल गऱ्यो तर फेरि एकपल्ट मौका गोलमा परिणत हुन सकेन। त्यसपछि एक्काले अझ पेनल्टी कर्नरमै गोल गरी भारतलाई बढ़त दिलाइन्। तेस्रो क्वार्टरमा नवनीतले दोस्रो गोल गरिन्। चौथो तथा अन्तिम क्वार्टरमा जापानले सक्दो प्रयास गरे पनि भारतलाई जीत हासिल गर्नदेखि रोक्न सकेन।