आजदेखि चुङथुङ चियाबारी पनि बन्द

IMG-20230929-WA0276.jpg

दार्जिलिङ: आजदेखि चुङथुङ चियाबारी पनि बन्द भएको छ। युको ब्यांक अनि बगान मालिकबीचको झमेलामा दशैंको मुखैमा चुङथुङ चियाबारी बन्द बनेको छ। आज क्षेत्रीय सभासद् सन्दीप छेत्रीले उक्त कुरालाई गम्भीरतापूर्वक लिन्दै चाड़ै समस्या समाधानको मार्ग निकाल्ने प्रयासरत रहेको एवंम् चुङथुङ चियाबारीको समस्या बिषयमा जीटीए प्रमुख कार्यपाल अनित थापालाई जानकारी गराएको श्रमिकहरूलाई फ्याक्ट्री परिसरमा भएको सभामा बताएका छन्।

सभामा श्रमिक नेतृत्व प्रह्लाद छेत्री, सबिन विश्व, आकाश थापा, नबीन सुब्बा, बिजेन्द्र राई एवम् बगानवासी बगानको निम्ति जीटीए चिफ् अनित थापामार्फत् सकरात्मक पहल हुने कुरोमा आशावादी रहेको एवंम् बगानको समस्याको समाधान भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले मात्र गर्न सक्ने सभामा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement