तीनधारेमा नाटक मञ्चन साथै अगमसिहं गिरीको सालिग निर्माण गरिने

IMG-20230929-WA0265.jpg

खरसाङ: तीनधारे क्षेत्रमा नाटक मञ्चन साथै यसपालीको गिरी जयन्ती पालन गरिने भएको छ। यसै विषयमा तीनधारेको राजबारीस्थि जनसेवा संघमा दिपक प्रधानको अध्यक्षतामा एकसभाको आयोजना गरियो। उक्त सभालाई संयोजक सुरेशचन्द्र दर्नालले सञ्चालन गरेका थिए। सभामा घैयाबारी ग्राम पञ्चायत दुईको निर्वाचित पञ्चायत सदस्यद्वय अजय विश्वकर्म र योगराज प्रधानक बाहुलीबाट कवि अगमसिंह गिरीको तस्वीरमा दीप प्रज्वलन र खदा अर्पण गरिएको थियो। यसै सभामा एउटा नयाँ संस्था कवि अगमसिंह गिरी मञ्च पनि तयार गरिएको छ। यसको साथै आगामी गिरी जयन्ती पनि यसै संस्थाले भव्य रुपमा आयोजना गर्ने निधो गरेको जानकारी प्राप्त भएको छ। त्यसरी नै आगामी दशैं तिहारको रमझममा तीनधारेको महात्मा गान्धी हलमा सम सामयिक नाटकको मञ्चन गर्ने साथै सांगीतिक र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। शिल्पकार लगायत हरेक प्रतिभाहरुलाई खोजी खोजी निकालेर सही बाटो र दिशामा लिएर जानूपर्छ भन्ने प्रस्ताव बिमल दर्जीले सभामा राखेका थिए। चाढै तीनधारेमा जातीय कवि अगमसिंह गिरीको एउटा सालिग पनि निर्माण गर्ने प्रस्ताव पारित गरिएको छ। विमल दर्जी, मिराज विश्वकर्म, सुवास बान्तवा राई, यमा शंकर, अनिल विद्रोही, बानी सिहं, प्रह्लाद रसाईली, सुयम शंकर, श्यामसन प्रधान लगायत अन्य वरिष्ठ नागरिकहरू र कलाकारहरुले पनि सभामा आफ्नो विचार प्रकट गरेका थिए। सभामा तीनधारे क्षेत्रमा विलुप्ति हुँदै गएको नाट्य कला, भाषा, साहित्य, संस्कृति जगेरा गर्ने र युवाहरूलाई प्रोत्साहन गर्नलाई मञ्च प्रदान गरिने भएको छ। सभामा तीनधारे क्षेत्रका तीनजना दिवंगतहरू क्रमैले अशोक ब्राह्माण, राजेन प्रधान दौर्बल्य र मनोज विश्वकर्मलाई मरणोप्रान्त सम्मान जनाइने भएको छ। त्यसरी नै अशोक ब्राह्मणका जातीय गीतहरू संकलन गरेर स्मारिका पत्रिका प्रकाशित गरिने भएको छ भनी तीनधारेबाट अनिल विद्रोही र सुरेशचन्द्र दर्नालले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement