उत्तर दिनाजपुर। गोवालपोखर थाना क्षेत्रको गती ग्राम पञ्चायतको सेलिया क्षेत्रमा तृणमूल र निर्दलीय दलबीच झड़प भएको थियो भने यस घटनामा एक जना घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार पञ्चायतकालदेखि नै इस्लाम र इनमुलबीच विवाद चलिरहेको थियो। सोही विवादलाई लिएर आज दुई पक्षबीच झड़प साथै बम हानाहान चलेको थियो।

यस घटनामा एक जना घाइते भएका छन्। खबर पाएलगत्तै ग्वालपोखर पुलिस घटनास्थलमा गएर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो।