सडक दुर्घटनामा घाइते दुई युवकमध्ये एकको उपचारका क्रममा मृत्यु

IMG-20230929-WA0233.jpg

सिलगढ़ी। सड़क दुर्घटनामा परी घाइते भएका दुई युवकमध्ये एक जनाको शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ। अर्का एक जना गम्भीर अवस्थामा सिलगढ़ीको एक निजी अस्पतालमा भर्ना गरिएका छन्। दुर्घटना बिहीबार भएको हो भने मृतक युवकको नाम हमिदुर अली र घाइते युवकको नाम अयुब अली बताईएको छ। मृतकको घर बिन्नागुड़ी ग्राम पञ्चायतको बिरबन क्षेत्रमा छ। मृतक हमिदुरको परिवारमा श्रीमती, दुई छोराछोरी र वृद्ध आमाबुवा रहेको बताइएको छ। मृतक मिस्त्रीको काम गर्थे। उनको मृत्युले परिवार अहिले असहाय बनेको छ। ग्राम पञ्चायत प्रमुख समिजुद्दीन अहमद, पार्टी नेता विजय दासलगायत क्षेत्रका प्रतिनिधिले शुक्रबार परिवारलाई भेटेका छन्। बिहीबार फालकाटा-सिलगढ़ी मार्गमा सिलगढी तर्फ जाँदै गरेको बस भुटकीहाट क्षेत्रमा स्कुटीलाई ठक्कर दिएको थियो भने स्कुटीमा सवार दुवै युवक सड़कमा गम्भीर घाइते बनेको थियो।

दुर्घटना भएपछि उनलाई सिलगढीको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। दुर्घटनापछि आक्रोशित भीडले बसमा आगजनी गरेको थियो। घाइते दुई युवकमध्ये हमिदुर अलीको मृत्यु भएको छ। यस सम्बन्धमा ग्राम पञ्चायतका प्रमुख समिजुद्दीन अहमदले हमिदुर मिस्त्रीको परिवारलाई सरकारी सहयोगको सुनिश्चितता गर्ने प्रयास गर्ने बताएका छन्। यसका साथै घाइते युवाको परिवारलाई पनि सहयोग गरिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement