भारत-नेपाल सीमा नाकाबाट एसएसबीको ४१औं वाहिनीद्वारा लागुऔषधसहित एक युवक पक्राउ

IMG-20230929-WA0238.jpg

सिलगढ़ी। भारत–नेपाल सीमामा रहेको खरीबारी पानीट्याङ्की न्यू मार्केट इलाकामा फेरि ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। अभियुक्तको नाम रबिन बर्मन (२३) हो, जो मञ्जयजोत निवासी हुन्‌। गोप्य स्रोतबाट सूचना पाएपछि एसएसबी ४१औं वाहिनीका जवानहरुले खरीबारीको पानी ट्याङ्कीमा छापा मारेका थिए। युवकबाट खोजी गर्दा ५२ ग्राम ब्राउन सुगर बरामद भएको थियो। बरामद सामग्रीको मूल्य करिब लाखौं रुपैयाँ रहेको बताएको छ। पक्राउ परेकालाई एसएसबीले खोरीबारी थानामा सुम्पिएको छ। पक्राउ परेका व्यक्तिलाई आज सिलगढ़ी डिभिजनल अदालतमा पठाइएको छ भने पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement