गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले इन्द्रजात्राको शुभ अवसरमा राज्यवासी, विशेषगरि नेवार समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले शुक्रवार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जीवन्त नेवार समुदायमा इन्द्रजात्राको हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
यो चाडले खुशी, समृद्धि तथा परम्परागत एवं सांस्कृतिक धरोहरको गहिरो भावना लिएर आओस भनी कामना गरेका छन्।
रोमाञ्चक उत्सवहरू र अनुष्ठानहरूले तपाईहरूको ह्रदयलाई न्यानोपन र एकताले भर्न दिनुहोस् भनी मुख्यमन्त्रीले आह्वान गरेका छन्। उनले सबैको सुस्वास्थ्य, समृद्धि, सामुहिक उन्नति र सबै प्रयासहरूमा सफलताको कामना गरेका छन्।