इन्द्रजात्रा प्राचीन महत्व र विशेषता बोकेको पर्व होः पवन चामलिङ

IMG-20230920-WA0060.jpg

गान्तोक: एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले नवार जतिको महान् चाड इन्द्रजात्राको पुनित अवसरमा राज्यवासीमा सुख, समृद्धि, सद्भावना, शान्ति र सुरक्षाको कामनासहित हार्दिक मङ्गलमय शुभकामना एवम् बधाई व्यक्त गरेका छन्।

एसडीएफ अध्यक्षले शुक्रवार जारी आफ्नो सन्देशमा भनेका छन्, ‘इन्द्रजात्रामा विशेष गरेर वर्षा र सहकालका देवता इन्द्रको पूजा अर्चना गर्ने परम्परा रहेको छ। यो पर्व प्राचीन महत्व र विशेषता बोकेको पर्व हो। इन्द्रजात्राको व्याख्या विभिन्न प्राचीन ग्रन्थहरूमा गरिएको बाट पनि यसको प्राचीनतालाई बुझ्नसकिन्छ।’

उनले अघि भनेका छन्, ‘अझ कृषि व्यवसायसित जोडिएको हाम्रो समाजमा समुचित वर्षा अनि सहकालको आफ्नै सामाजिक, आर्थिक महत्व रहेको छ। यस महान् पर्वको सांस्कृतिक महत्वलाई जनजनमा पुऱ्याउन अनि संरक्षण गर्न सिक्किम डेमोक्रेटिक फ्रण्ट सरकारले २०११-मा सरकारी बिदा घोषणा गरी राज्यस्तरमा पालन गर्ने परम्परा शुरु गरेको थियो।’

इन्द्रजात्राले सहकाल लिएर आउनेछ भन्ने विश्वास व्यक्त गर्दै उनले हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement