गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमवासीहरू, विशेषरूपमा नेवार समुदायमा इन्द्रजात्राको हार्दिक बधाई एवं मंगल शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, इन्द्रजात्रा पर्व मान्यता अनुसार वर्षाका देवता इन्द्रदेवको आराधानासित सम्बन्धित छ। इन्द्रजात्राको पवित्र चाडको अवसरमा भगवान इन्द्र र माता कुमारीको आशीर्वाद प्रिय सिक्किमवासीहरूको जीवनमा सदैव बनिरहोस् र सिक्किमवासीहरूको जीवनमा सुख, शान्ति र समृद्धिको वर्षा होस्।