नयाँ दिल्ली: केन्द्रिय गृह एवं सहकारितामन्त्री अमित शाहले शुक्रवार भने, देशले हरेक क्षेत्रमा निरन्तर विकास गरिरहेको छ। यो समय हाम्रो लागि हरेक क्षेत्रमा प्रथम हुनका लागि अनुकूल छ।
शाहले विज्ञान भवनमा पीएचडी च्याम्बर अफ् कमर्स एण्ड इण्डस्ट्रीद्वारा आयोजित एक कार्यक्रममा भने, मोदी सरकारले देशको अर्थतन्त्रलाई बलियो बनाउनको लागि काम गरेको छ। वर्ष २०१४-मा गरिएका वाचाहरू सबै पूरा गरियो। यसैको परिणामस्वरूप हामी वर्ष २०१४-मा विश्वको एघारौं नम्बरको अर्थव्यवस्था थियौं भने वर्ष २०२३-मा विश्वको पाँचौं सबैभन्दा ठूलो अर्थव्यवस्थाको रूपमा उदाएका छौं। आगामी वर्ष २०२७-सम्ममा हामी विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्न गइरहेका छौं।
उनले भने, वर्ष २०१३-१४ मा देशमा ४ वटा मात्र यूनिकर्न स्टार्टअप थिए भने आज ११५ वटा यूनिकर्न स्टार्टअपसितै भारत दुनियाँका प्रमुख देशहरूमध्ये एक बन्न पुगेको छ। त्यसरी नै वर्ष २०१३-१४ मा देशमा ३५० स्टार्टअप थिए भने आज १ लाखभन्दा अधिक स्टार्टअप अर्थव्यवस्थामा आफ्नो योगदान दिरहेको छ। मोदी सरकारले पछिल्लो ९ वर्षभित्रमा भारतलाई परिवर्तन गर्ने प्रयास गरेको छ र सफल पनि भइरहेको छ। सरकारको प्रयासले देशको अर्थव्यवस्थालाई नयाँ दिशा दिएको छ।
गृहमन्त्री शाहले भने, हाम्रो देश सबैभन्दा युवा छ र सबैभन्दा अधिक इञ्जीनियर, डाक्टर अनि टेक्नोक्र्याट्स पनि हामीसितै छन्। यहाँ लोकतन्त्र पनि छ, टी वर्क पनि छ अनि प्रधानमन्त्री मोदीको नेतृत्वमा नीति निर्धारण पनि स्पष्ट छ। यसैले अब भारतलाई अमृतकालमा हरेक क्षेत्रमा आफूले आफैलाई सबैभन्दा पहिलो स्थानमा स्थापित हुनदेखि कसैले रोक्न सक्दैन। हाम्रो विदेशी मुद्रा भण्डार बढ़ेको छ। पहिला हाम्रो विदेशी मुद्रा भण्डार ३०९ अरब डलरको थियो भने अहिले यो बढ़ेर ५८३ पुगेको छ। देशमा जीएसटी कलेक्शन बढ़ेको छ। राज्यहरूलाई समयमै उनीहरूको राशि उपलब्ध गराइँदैछ।