वासिङ्टन: नासाले मङ्गलबार आफ्नो नयाँ शक्तिशाली स्पेस टेलिस्कोपबाट खिचिएका तस्वीरहरू सार्वजनिक गरेको छ। यसमा एउटा तस्वीरमा मरिरहेको ताराको फोमयुक्त नीलो र सुन्तला छवि समावेश छ। यसअघि सोमबार यस टेलिस्कोपद्वारा खिचिएको पहिलो तस्वीर सार्वजनिक गरिएको थियो, जुन आकाशगंगाहरूले भरिएको छ र यसले ब्रह्माण्डको अहिलेसम्मकै गहिरो दृश्य प्रस्तुत गर्दछ। मङ्गलबार जारी गरिएका चार थप फोटोहरूले ब्रह्माण्डको अझ सुन्दर छवि प्रकट गरेका छन्। यी मध्ये एउटा तस्बिरमा ५ वटा आकाशगंगा नाचिरहेको देखियो, जुन २९ मिलियन प्रकाश वर्ष टाढा छन्।
‘प्रत्येक छवि एक नयाँ आविष्कार हो र प्रत्येकले मानवतालाई हामीले पहिले कहिल्यै नदेखेको दृश्य प्रदान गर्नेछ,’ नासाका प्रशासक बिल नेल्सनले आज भने। ह्वाइट हाउसको एक कार्यक्रममा सोमबार जारी गरिएको पहिलो तस्वीरमा धेरै तारा र विशाल आकाशगंगाहरू ‘गहिरो क्षेत्र’ मा देखिएका छन्। यसको अनावरण हुनु केही सेकेन्ड अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले तस्वीरको बारेमा भने, ‘ब्रह्माण्डको इतिहासमा १३ अर्ब वर्ष भन्दा पुरानो डकुमेन्टेड प्रकाश- मलाई फेरि भन्न दिनुहोस् – १३ अर्ब वर्ष पहिले। बुझ्न गाह्रो छl’