माछाको रखवाली गर्न गएका एक व्यक्तिको हत्या

IMG-20230528-WA0320-5-300x172-8

कुचबिहार: पोखरीमा माछाको रखवाली गर्न गएका एक व्यक्तिको हत्या भएको घटना कुचबिहारको दिनहाटा १ नम्बर ब्लकको पेटला बोडोडाङ्गा इलाकामा घटेको हो। यस घटनामा मर्ने व्यक्तिको नाम अब्दुल खालेक मियाँ (४०) बताइएको छ। प्राप्त जानकारी अनुसार अब्दुल खालेक प्रतिदिन झैँ हिजो राति पनि घर नजिकैको पोखरीमा माछा रखवाली गर्न गएका थिए। आज बिहान तिनी घर फर्किनआएपछि परिवारका सदस्यहरू पोखरीमा गएर हेर्दा क्षत-विक्षत अवस्थामा व्यक्तिको शव उद्धार भएको बताइएको छ। उक्त व्यक्तिको टाउकोमा धारिलो हतियारले प्रहार गरेर हत्या गरेको हुनसक्ने प्राथमिक अनुमान लगाएको छ। घटनाको खबर पाएर दिनहाटा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement