मोरबी: मोरबीको हलवद क्षेत्रमा एउटा नून फ्याक्ट्रीको पर्खाल ढल्दा ३० भन्दा धेरै श्रमिक पर्खालको अवशेषमा पुरिएको खबर छ। यस दुर्घटनामा १२ जना श्रमिकको ज्यान गएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घटनामा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्। मुख्यमन्त्रीले मृतकहरूका परिजनहरूलाई चार-चार लाख रूपियाँ र प्रत्येक घाइतेले पचास हजार रूपियाँका साथै उनीहरूको निःशुल्क उपचार गराउने घोषणा गरेका छन्। जानकारीअनुसार हलवद जीआईडीसी क्षेत्रमा सागर सल्ट नून फ्याक्ट्रीमा दिउँसो एउटा पर्खाल अचानक ढल्यो। घटनाको समय त्यहाँ 30 भन्दा धेरै श्रमिक काम गरिरहेका थिए। यी सबै पर्खालको अवशेषमा पुरिए। दुर्घटनापछि स्थानीय मानिसहरूले बचाव अभियान शुरू गरे। घटनाको जानकारी पाएपछि स्थानीय विधायक र कलेक्टर समेत धेरै उच्चाधिकारी पनि घटनास्थलमा पुगे। जेसीबीद्वारा अवशेष हटाएर श्रमिकहरूलाई निकाल्ने काम शुरू गरिएको छ। अवशेषबाट अहिलेसम्म १० वटा शव निकालिएको छ। यसबाहेक धेरै घाइतेहरूलाई अस्पतालमा भर्ती गराइएको छ। दुर्घटनामा मर्नेहरूको संख्यामा अझ् वृद्धि हुनसक्ने आशंका छ। बचाव कार्य चलिरहेछ। पर्खाल ढलेको कारण अहिले स्पष्ट हुनसकेको छैन।श्रमिकहरूले बताएअनुसार दुर्घटनाको शिकार मजदूर राधनपुर तहसीलको गाउँका बासिन्दा हुन्। मृतकहरूको पहिचान रमेशभाई नरसिम्हाभाई खिराना, श्यामभाई रमेशभाई कोली, दीपकभाई सोमानी, रमेशभाई मेघाभाई कोली, राजूभाई जेरामभाई, दिलाभाई रमेशभाई कोली, राजीबेन भरवाड, देवीबेन भरवाड, दिलीपभाई रमेशभाई, शीतबेन दिलीपभाई, दक्षाबेन रमेशभाई कोली र काजलबेन जेशाभाईको रूपमा गरिएको छ। मृतकहरूमा पाँच महिला पनि सामेल छन्।
मुख्यमन्त्री भूपेन्द्र पटेलले दुर्घटनामा शोक व्यक्त गर्दै मृतकहरूका परिवारहरूलाई मुख्यमन्त्री राहत कोषबाट ४-४- लाख रूपियाँ, घाइतेहरूलाई ५०-५० हजार रूपियाँ र उनीहरूको पूरा उपचार निःशुल्क गराउने घोषणा गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नून फ्याक्ट्रीको घटनामा ट्वीट गरी शोक व्यक्त गरेका छन्। प्रधानमन्त्रीले दुर्घटनामा शोक व्यक्त गर्दै ट्वीट गरे, ‘मोरबीमा पर्खाल ढल्दा भएको त्रासदी हृदय विदारक छ। दुःखको यस क्षणमा मेरो समवेदना शोक संतप्त परिवारहरूको साथ छ। घाइतेहरू शीघ्र स्वस्थ हुने कामना गर्दछु। स्थानीय अधिकारीहरूले प्रभावितहरूलाई हर सम्भव सहायता प्रदान गरिरहेका छन्l’ एक अन्य ट्वीटमा क्षतिपूर्तिको घोषणा गर्दै मोरबीमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरूका परिजनहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषको तर्फबाट दुई-दुई लाख रूपियाँ र घाइतेहरूलाई ५० हजार रूपियाँ प्रदान गरिनेछl’