सिलगढी। न्यू जलपाईगढी रेलवे स्टेशनबाट ठूलो संख्यामा तृणमूल कार्यकर्ता दिल्लीको लागि प्रस्थान गरे। अखिल भारतीय तृणमूल कंग्रेस प्रमुख, मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशन अनुसार मनरेगा र आवास योजना कोषको बाँकी रहेको रकमको माग गर्दै दिल्लीमा विरोध प्रदर्शन गरिनेछ। केन्द्र विरुद्ध दिल्लीमा यो आन्दोलन अखिल भारतीय तृणमूल कंग्रेसका महासचिव अभिषेक ब्यानर्जीको नेतृत्वमा भइरहेको छ।

शुक्रबार, तृणमूल कंग्रेसको यो आन्दोलन अन्तर्गत दार्जीलिङ जिल्ला (समतल) का श्रमिक आम जनता न्यू जलपाईगुडी रेलवे स्टेशनबाट दिल्लीको लागि प्रस्थान गरे। कार्यकर्ताहरुलाई प्रस्थान गर्न दार्जिलिङ जिल्ला तृणमूल कंग्रेस अध्यक्ष पापिया घोष र अन्य नेतृत्वहरु न्यू जलपाईगढी रेलवे स्टेशनमा उपस्थित थिए।