दार्जीलिङ। विकास कार्यलाई असल ढङ्गमा सम्पन्न गर्न विजयी पञ्चायत सदस्यहरुलाई अहिले धमाधम प्रशिक्षण चलिरहेको क्रममा बिहीबार दार्जीलिङ भानु भवनमा राज्यको ऊर्जा मन्त्री अरुप विस्वासले प्रशिक्षण शिविरको उद्घाटन गरे।

मन्त्रीसितै राज्यका पञ्चायत मन्त्री प्रदीप मजुमदार एवम् जीटीए प्रमुख अनित थापाको पनि उपस्थिति रहेको थियो।