गान्तोक: नाम्चीस्थित भाइचुङ स्टेडियमम आजदे दोस्रोदेखि अन्तर विभाग फुटबल प्रतियोगिता शुरू भयो। नाम्ची जिल्लाको खेलकूद तथा युवा मामिला विभाग र जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा आयोजित फुटबल प्रतियोगिताको उदघाटन कार्यक्रममा नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमार मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने यस कार्यक्रमको थिम खेलकूदबाट जीवन परिवर्तन भन्ने रहेको थियो। यस प्रतियोगितामा कूल २१ वटा टोलीले सहभागिता जनाएका छन्,जसलाई पाँचवटावर्गमा विभाजन गरिएको छ।