च्याखुङ विद्यालयमा विज्ञान प्रदर्शनी आयोजित

IMG-20230929-WA0003.jpg

गान्तोक: च्याखुङ उच्चत्तर माध्यमिक विद्यालयको पहलमा आज सोही विद्यालयको प्रेक्षागृहमा विज्ञान प्रदर्शनी आयोजना गरियो। कार्यक्रममा एससीइआरटीका निर्देशक डा. रबिन छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उक्त विद्यालयकी प्राचार्य ममता राईले विज्ञान विषयमा मात्र सीमित नभएर अन्य विषयमा पनि विज्ञान रहेको जानकारी गराइन्। यसर्थ यस प्रदर्शनीमा अन्य विषयलाई लिएर पनि स्टल राखिएको अवगत गराइन्। विज्ञान प्रदर्शनी आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूलाई राज्य र राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागी हुन उत्प्रेरित गर्नु रहेको र यो प्रदर्शनी विद्यालयमा नियमितरूपमा आयोजना हुने बताइन्। सोही प्रकारले निर्णायक मण्डलीमा रहेका रबि तामाङले आफ्नो प्रतिक्रियामा विद्यार्थीहरूलाई प्रदर्शनीमा सक्रिय सहभागिताको लागि बधाई दिए। यो प्रतियोगिता केवल जित्नको लागि मात्र नभएर यस प्रकारको प्रतियोगिताले विद्यार्थीहरूलाई अवसर उपलब्ध गराएको अवगत गराए।

मुख्य अतिथिले आफ्नो सम्बोधनमा विद्यालयले विद्यार्थीलाई नवप्रवर्तनशील सोच विकास गर्ने मञ्च प्रदान गरेकोमा बधाई दिए। उनले सबै कक्षाका सबै विषयहरूबाट विभिन्न प्रकारका प्रदर्शनीहरूमा सहभागिता जनाएकोमा कृतज्ञता व्यक्त गरे।विद्यार्थीहरूले एनईपी-२०२० द्वारा प्रकाश पारिएको सृजनात्मक साथै सौन्दर्य भावना, नयाँ प्रविधिको प्रयोग गरी जीवनमा सिकेका सीपहरू प्रदर्शन गरेकोमा खुशी प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement