गान्तोक: तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेलले आज सिच्छेस्थित जिल्ला प्रशासन केन्द्रमा जिल्लास्तरीय स्वच्छता रन कार्यक्रमको झण्डा हल्लाएर शुरू गरे। यस कार्यक्रमको थिम स्वच्छता ही सेवा रहेको थियो भने उक्त कार्यक्रम अतिरिक्त जिल्लापाल (विकास) गान्तोक र जिल्ला प्रशासनिक केन्द्र गान्तोकको संयुक्त पहलमा आयोजना गरिएको हो। स्वच्छता ही सेवा कार्यक्रमगत १५ सेप्टेम्बरदेखि देशको सबै राज्यमा शुरू भएको हो भने यसको समापन आगामी २ अक्टोबरको दिन समापन हुने भएको छ। गान्धी जयन्तीको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा मुख्य अतिथिले सबै सहभागीहरुलाई सरसफाई अभियानको निम्ति शपथ ग्रहण गराए। स्वच्छता रन पाँच किलोमिटोर दुरीको निम्ति राखिएको थियो जसमा बुर्तुक जिल्ला प्रशासनिक केन्द्रदेखि शुरू भएर बुर्तुक हेलिपेडमा पुगेर समापन भएको थियो। उक्त प्रतियोगितामा नेहरू युवा केन्द्र लगायत कूल ६५ जनाले अंशग्रहम गरेका थिए। सो प्रतियोगितामा महिलावर्गमा पासाङ डिमु शेर्पा प्रथम स्थान ओगटन सफल भइन् भने उमा देवी छेत्री दोस्रो र याम माया छेत्री तेस्रो बनिन्। यसरी नै पुरूषवर्गको प्रतियोगितामा जोहन लेप्चा पहिलो, होमनाथ खनाल दोस्रो र छिरिङ दोर्जी भोटिया तेस्रो भएका छन्।