केन्द्रयी राज्य मन्त्रीले स्वच्छता रनलाई झण्डा हल्लाएर प्रस्थान गराए

IMG-20230928-WA0294.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रीय राज्यमन्त्री तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन, योजना, र कर्पोरेट मामिला मन्त्री राव इन्दरजीत सिंहले आज पाकिम जिल्ला आयोजित स्वच्छता रन कार्यक्रमलाई झण्डा हल्लाएर प्रस्थान गराए। पाकिम जिल्लाको सामुदायिक भवनमा आयोजित स्वच्छता ही सेवा कार्यक्रम अन्तर्गत सबैलाई शपथ ग्रहण पनि गराए। स्वच्छता ही सेवा कार्यक्रम अन्तर्गत आज पाँच किलोमिटर दुरीको म्याराथन दौड प्रतियोगिताको पनि आयोजना गरिएको थियो, जसमा पाँचसय भन्दा अधिक धावकहरूले सहभागिता जनाएका थिए।

यस म्याराथन दौड प्रतियोगिता अन्तर्गत स्वच्छता अनि पर्यावरण संरक्षणको महत्वमाथि मुख्यरूपले सन्देश प्रचार गर्नको निम्ति आयोजना गरिएको हो, जसको माध्यमद्वारा हरित भविष्यलाई बढावा दिनको निम्ति राज्य सरकार र केन्द्र सरकार प्रतिवद्धता रहेको छ। यस कार्यक्रम पाकिम जिल्लामा १५ सेप्टेम्बरदेखि आगामी २ अक्टोबरसम्म निरन्तर सञ्चालन गरिने भएको छ। यो अभियान प्रत्येक वर्ष १५ अक्टोबरदेखि २ अक्टोबरसम्म पालन गरिन्छ, जसको लक्ष्य स्वच्छता र हरियालीको संरक्षण साथै यसलाई बढावा दिनु रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement