केन्द्रीय राज्य रक्षा मन्त्रीले गरे राज्यका अधिकारीहरूलाई लिएर समीक्षा सभा

IMG-20230928-WA0292.jpg

गान्तोक: एक दिवसीय सिक्किम भ्रमणमा आएका भारत सरकारको केन्द्रीय राज्य रक्षा तथा पर्यटन मन्त्रालयका मन्त्री अजय भट्टले आज लिविङस्थित सेनाको १७ माउन्टेन डिभिजन मुख्यालयमा राज्यमा केन्द्र सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाहरूबारे समीक्षा गरे।

संघ राज्यमन्त्री सिक्किम राज्यको एक दिने भ्रमणमा थिए। उक्त सभामा राज्यका पर्यटन विभागका अतिरिक्त मुख्य सचिव एमएल श्रीवास्तव, पर्यटन विभागकी वरिष्ठ अधिकारी बन्दना छेत्री लगायत सेनाका वरिष्ठ अधिकारी लगायत राज्य सरकार अधिनस्थ विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। यस अवसरमा केन्द्रीय मन्त्रीले राज्यका सबै विभागका अधिकारीहरूसँग अन्तक्रिया गर्दै केन्द्र सरकारद्वारा शुरू गरिएको योजनाको प्रगति र कार्यन्वयनबारे जानकारी लिए। उनले विभिन्नस्तरमा देखिएका चुनौती साथै समस्याबारे पनि अधिकारीहरूसँग अन्तक्रिया गरे। यसै क्रममा गान्तोक जिल्लाकी अतिरिक्त जिल्लापाल (विकास) राधा प्रधान र महकुमा अधिकारी परी बिश्नोईले जिल्लामा विभिन्न योजनाहरूको कार्यान्वयन र गतिविधिहरू जानकारी गराए। उनीहरुले जिल्ला प्रशासनले गरेका केही अनौठा पहलहरु पनि केन्द्रीय मन्त्रीलाई अवगत गराए।सोही प्रकारले सोरेङ जिल्लाका महकुमा अधिकारी सनी खरेलले सिक्किम राज्यको एकमात्र महत्वाकांक्षी जिल्ला सोरेङमा भइरहेका गतिविधिहरूको बारेमा संक्षिप्तरूपमा प्रस्तुति दिए।

उनले स्वास्थ्य, शिक्षा, कृषि, वित्त, सीप विकास, पूर्वाधारको विकास र प्रगतिबारे जानकारी गराए। सबै विभागका अधिकारीहरूको कुरा सुनेपछि केन्द्रीय राज्यमन्त्री भट्टले वर्तमान सरकारले सबै क्षेत्रमा गरेको उल्लेखनीय प्रयासको प्रशंसा गर्दै केन्द्र सरकारबाट निरन्तर सहयोग प्रदान गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement