नयाँ दिल्ली: हरित क्रान्तिका जनक प्रख्यात वैज्ञानिक डाक्टर एम. एस. स्वामीनाथनको ९८ वर्षको उमेरमा बिहीवार चेन्नईको एक अस्पतालमा निधन भयो। सूत्रको भनाइ छ, स्वामीनाथन विगत लामो समयदेखिकै बिमार थिए। उनी निरन्तर डाक्टरहरूको निगरानीमा थिए। आज अचानक उनको स्वास्थ्य बिग्रियो र बिहान ११.२० बजे उनले अन्तिम सास लिए। उनको जन्म ७ अगस्त, १९२५ मा कुम्भकोणम, मद्रास प्रेसिडेन्सीमा भएको थियो।
उल्लेखनीय छ, हरित क्रान्तिकै कारणले भारत खाद्यान्नको क्षेत्रमा आत्मनिर्भर बन्न सकेको थियो। यो पहल वैज्ञानिक एम.एस स्वामीनाथनको नेतृत्वमा शुरू भएको थियो। उनको मान्यता थियो, भारतको ठूलो जनसंख्या कृषिमाथि निर्भर छ, यसको लागि सजग रहन अत्यन्त आवश्यक छ। उनले आफ्ना उद्बोधनहरूमा सदैव भन्ने गर्थे, भारतमा कृषिबाट हुने आय लघु किसानहरूको निम्ति पर्याप्त छैन। उनले सदैव खेतीमा नयाँ-नयाँ प्रयोग अनि तकनिकको प्रयोगलाई प्रोत्साहित गर्ने गर्दथे। स्वामीनाथनलाई विज्ञान एवं अभियान्त्रिकीको क्षेत्रमा भारत सरकारले वर्ष १९७२ मा पद्मभूषणद्वारा सम्मान जनाएको थियो। उनलाई कृषिको क्षेत्रमा धेरैवटा अन्तरराष्ट्रिय पुरस्कारहरू पनि प्राप्त भएको छ। -हिस