कालेबुङ: कालेबुङ जिल्लाको पेदोङ खण्ड अधिनस्थ रहेको प्रतिस्ठित टेण्डर बड्स अकादमीका दुई छात्र – छात्राको कलकत्तामा सम्पन्न कराते खेलमाउत्तम खेल प्रदर्शन गरे बापत आज विद्यालय परिवारले ती दुई छात्र सुजय प्रधान अनि छात्रा आयसा छेत्रीलाई अभ्यर्थना जनाएको बताईएको छ्। विगत २४ सेप्टेम्बरको दिन अमलदत्त इण्डोर स्टेडियममा सम्पन्न कराते खेलमा छात्रा आयसा छेत्री अनि छात्र सुजय प्रधानले उत्कृष्ट खेल प्रदर्शन गरे पछि खेल आयोजक समितिले पनि यी दुई नानीको खेलमा बधाई दिएका दिए भने नानीहरुले प्रथम अनि दोस्रो स्थान हत्याएर स्वर्णअनि सिल्भर मेड्ल प्राप्त गरेका थिए। विद्यालयले आफ्नो बार्षिक कार्यक्रममा यी नानीहरुलाई सम्मान जनाउने जानकारी विद्यालय पक्षले दिए।