सिलगढी: एशियाली खेलकुदको स्वर्ण विजेता भारतीय क्रिकेट टोलीकी विकेटकीपर र सिलगढीकी छोरी ऋचा घोषको आज जन्मदिन हो। संयोगवश यतिबेला उनी आफ्नो घर सिलगढीमा आइन् । त्यसैले आज सिलगढीका जनताले ऋचा घोषको जन्मदिन उनीसँग मनाउने सुनौलो अवसर पाएका छन् ।

यस अवसरमा सिलगढी नगर निगमका मेयर गौतम देव र अन्य नेताहरूले ऋचा घोषलाई उनको घरमा भेटेर उनको जन्मदिनको शुभकामना दिए।