सन्द्रर्भ टेट परीक्षा: हाम्रो पार्टीको प्रवक्ता लाडुप घिसिङ खनिए भागोप्रमोक प्रवक्ता एसपी शर्मामाथि

IMG-20230928-WA0268.jpg

दार्जीलिङ: फर्जी टेट परीक्षा हो भन्दै वर्षगाँठ मनाउने जीटीएको वेतनभोगी व्यक्तिले आज टेट परीक्षा सही हो भन्दै कसरी वकालती गर्दैछ भनी हाम्रो पार्टीको प्रवक्ता लाडुप घिसिङले प्रश्न तेर्साएका छन्। गत केही बटवर्ष अघि एसपी शर्माले जीटीएद्वारा आयोजित टेट परीक्षा फर्जी रहेको बताउँदै निकै होहल्ला गरेका थिए। यति मात्र होइन उनले फर्जी टेट परीक्षाको वर्षगाँठ समेत मनाएका थिए। तर आज उनी जीटीएको एक वेतनधारी कर्मचारीको रूपमा कार्यरत् छन् अनि जीटीएद्वारा आयोजित टेट परीक्षालाई सही रहेको बताउँदैछ प्रवक्ता घिसिङले भने। उनले अघि भने, ‘यदि जीटीएद्वारा आयोजित टेट परीक्षा सही रहेको थियो भने त्यति बेला उनको आँखा फुटेको थियो?’ जीटीएको जनसम्पर्क अधिकारीको चौकीमा बस्ने वेतनभोगी व्यक्तिले दस्तावेजहरूको ध्यान नगरी मुखमा जे आयो त्यही बोल्ने काम गर्दैछ। त्यसो गर्नु हुँदैन। सत्यता के हो त्यसबारे अध्ययन गर्न अति नै जरूरी छ। आरटीआईको जवाफमा पश्चिम बंगाल सरकारको शिक्षा विभागले मात्र टेट परीक्षाको आयोजना गर्न सक्छ भन्ने स्पष्ट गरी दिईसकेको छ। गत २०२१ मा जीटीएद्वारा आयोजित टेट परीक्षाको आजसम्म कुनै परिणाम आउन सकेको छैन। हाम्रो पार्टीको कार्यकर्ताहरूले आरटीआई दर्ता गरेर जब टेट परीक्षाको सत्यता बाहिर आउन थाल्यो। तब उनीहरू अत्तालिन थालेको छ प्रवक्ता घिसिङले भने। उनले अझ भने, टेट परीक्षाको नाममा ठूलो घोटाला भएको छ। परीक्षामा बस्ने परिक्षार्थीहरूले जो सपना साँचेर परीक्षामा बसेका थिए। तर आजसम्म टेट परीक्षाको परिणाम सार्वजनिक नहुँदा उनीहरूले पुलिस थानाहरूमा प्राथमिकी दर्ता गर्ने कार्यहरू गरेको छ अनि अन्य परिक्षार्थीहरूले पनि त्यसरी नै पुलिसमा प्राथमिकी दर्ता गर्ने काम गर्नुपर्छ अनि पार्टीको पक्षबाट न्यायको निम्ति कुन कोर्टमा जानुपर्छ हामी अवश्यै जाने छौं प्रवक्ता धिसिङले भने। जीटीएद्वारा आयोजित टेट परीक्षा किर्ते परिचीक्षा रहेको प्रमाणित भएको छ अनि अब यसको भण्डोर हुनेछ भन्ने प्रवक्ता घिसिङले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement