सिलगढी: मतिगढा थाना पुलिसले नशालु इन्जेक्शन सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नामा सञ्जीत महन्तो (२४) बताइएको छ। गोप्य सूचनाको आधारमा आज मतिगढा थाना पुलिसले मतिगढा थाना अन्तर्गत इलाकामा अभियान चलाएर १३० पीस नशालु इन्जेक्शन सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। यसको साथै एउटा बाइक पनि जफत गरेको छ। यसभन्दा अघि पनि सञ्जीत महन्तो मादक पदार्थ तस्करी मामिलामा पक्राउ परिसकेका थिए। पक्रा परेका युवकलाई भोलि शुक्रबार सिलगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।