दार्जिलिङ: अन्तर्राष्ट्रीय बुध्दिष्ट एसोयिएशन इभेन्ट म्यानेजमेन्ट, अल ईण्डिया तामाङ बुध्दिष्ट एसोसिएशन र बोधी चित्त लगायत १२ वटा संस्थारूका संयुक्त आयोजनामा दार्जिलिङको जीडीएनएस हलमा डोल्मा पूजा र शान्ति संगीत सम्पन्न भएको छ। उक्त पूजामा काठमाण्डौंबाट आएका खेन्पो सोनाम ग्याल्पोद्वारा डोल्मा पूजा साथै प्रवचन राखिएको थियो। यस अवसरमा शान्ति संगीत (पिस कन्सर्ट) को पनि आयोजना गरिएको थियो। यस कार्यक्रममा स्वागत सम्भाषण अखिल भारतीय तामाङ बुध्दिष्ट एसोसिएशनको शिशिर तामाङले राखेका थिए भने सञ्चालन पी लक्की शेर्पाले राखेका थिए।

कार्यक्रममा रिम्पोर्छेले प्रवचन पनि राखेको बताइएको छ। यसै कार्यक्रममा आगामी ८ देखि २८ मई २०२४ सम्म आयोजना गरिने अन्तर्राष्ट्रीय कार्यक्रम विषयमा जानकारी गराइएको छ। कार्यक्रममा बोधी चित्तको थेन्डुप शेर्पाले धन्यवाद ज्ञापन राखेका थिए। उनले कार्यक्रम विषयमा बोल्दै यस्तो कार्यक्रम केही दिन अघि खरसाङमा भएको र आज दार्जिलिङमा भएको र आगामी ३० सेप्टेम्बरको दिन मिरिकमा हुने बताएका छन्।