गोर्खा डी भोटर्स मेटिन हेतु असमेली गोर्खाको शिष्टमण्डलद्वारा मुख्य चुनाव अधिकारी, असमसँग भेटवार्ता
गुवाहाटी (असम): भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको अगुवाईमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) र गोर्खा उन्नयन परिषद, असमको अध्यक्ष प्रेम तामाङको साथमा गत मंगलबार असेमेली गोर्खाको शिष्टमण्डल टोली असमका मुख्य चुनाव अधिकारी भारतीय प्रशासनिक सेवाका प्रधान सचिव दायित्वमा रहेका विषया अनुराग गोयलसँग गोर्खा डी भोटर्स मेटाइने क्रममा नियमावली सहजीकरण हेतु भेट वार्ता गरेको छ। यही वार्तामा भारतीय गोर्खा परिसंघ द्वारा प्रस्तुत गरिएको डी भोटर्स करेक्सन एप्लिकेसन फर्म एण्ड डकुमेन्ट्स सजेस्टेड फर भ्रेइफिकेसन अफ डी भोटर्सलाई केही सच्चाएर एक मतमा पुगेको प्रेस विग्य्पतिमा बताएको छ। यी आवेदन फर्म अनि दस्तावेज तालिका अखिल असम गोर्खा छात्र संघको असमभरका विशाल नेटवर्क मार्फत सार्वजनिक गरिएको छ। दुईवटै दस्तावेज ३० सेप्टेम्बर २०२३ बाट आग्सुको आंचलिक समिति अथवा जिल्ला समितिका नेतृत्व/कार्यालयबाट प्राप्त गर्नुसक्ने विज्ञप्तिमा बताइएको छ।
आउँदो १५ अक्टोबर २०२३ मा १५ दिन भित्र दुईवटा पासपोर्ट फोटोसहित आवेदन पत्र भरेर नजिकको ईआरओ (एलेक्टोराल रेजिस्ट्रेसन अफिसर)लाई बुथ लेभल अफिसर (बीएलओ) मार्फत डी भोटर लागेको भोटर तालिकाको फोटोकपीसहित आफ्नो व्यक्तिगत जानकारी भरेर कुनै पनि सरकारी/स्कूल, कलेज आदि परिचय पत्र अर्थात प्रूफ अफ आईडेन्टिटीका साथै आफ्नो पुर्खाको सन् १९७१ अघिको एनआरसी आवेदन गरिएको बेलाको लिगेसी दस्तावेज या कुनै पनि सरकारी कागजात (१९७१ या अघिको) सहित त्यस पुर्खा/पूर्व पुरुष/व्यक्तिसँगको लिंकेज दस्तावेज जस्तै पान कार्ड/ ड्राइभिङ लाइसेन्स/आधार कार्ड या परिचय पत्रमा जम्मा दिएको कागज भए पनि हुन्छ दिएर जसमा आवेदनकारीको पोस्टल ठेगाना पनि उल्लेख होस, आवेदन गर्नु आहवान गरिएको छ भन्ने सो प्रेस विज्ञप्तिमा बताइएको छ।
‘जम्मै डी भोटर्स गोर्खा जनतालाई चाडै आफ्नो अञ्चलको गोर्खा जातिय, सामाजिक (भागोप, आगोस), छात्र संस्था आग्सुसित समोअर्क गरेर चाडै नै डी भोटर मेटिनु हेतु, माथि भनिएको दस्तावेजसहित आफ्नो विधानसभा निर्वाचन क्षेत्रको ईआरओलाई भेट गरी अक्टोबर १५ भित्र आवेदन गर्नु अनुरोध गरिन्छ’, भारतीय गोर्खा परिसंघ, असमका मूल सचिव नन्द किराती देवानले बताएका छन्l सो विज्ञप्तिका अनुसार शिष्ट मण्डलमा असम प्रदेश भारतीय गोर्खा परिसंघ का अध्यक्ष अमर अधिकारी, मुल सचिव नन्द किराती देवान राष्ट्रिय संयुक्त महासचिव प्रकाश दाहाल साथै अखिल असम गोर्खा छात्र संघका सभापति अर्जुन छेत्री गोर्खा उन्नयन परिषद्का अध्यक्ष प्रेम तामाङ पनि सहभागी थिए।










