कोलकाताः शहरमा डेङ्गूले भयावह रूप लिइऱहेछ। यसले गर्दा कोलकाता नगर निगमले बिना कुनै जोखिम उठाएर अस्पतालमा बेडको संख्या बढ़ाइरहेछ। कोलकाता नगर निगमले आफ्नो अधीनस्थ अस्पतालहरूमा डेङ्गूका रोगीहरूका लागि ३०० अतिरिक्त बेडको व्यवस्था गर्नमा जुटेको छ।
जानकारी अनुसार, खिदिरपुर स्थित कोलकाता म्यूनिसिपल होस्पिटलमा बेडको संख्या बढ़ाएर १०० गरिन्दैछ। सेन्ट्रल एवेन्यू इस्लामिया अस्पतालमा पनि डेङ्गू रोगीका लागि २०० बेड छन्। कोलकाता नगर निगमले सातदेखि दश दिनभित्र हेल्पलाइन नम्बर जारी गर्न गइऱहेछ। अधिकारीहरूले निजी अस्पतालहरूमा कहाँ-कहाँ बेड खाली छ, यो जान्ने निर्देश दिएका छन्।
यद्यपि, मेयर फिरहाद हकीमको भनाई छ, डेङ्गू अहिलेपनि धेरै स्तरसम्म नियन्त्रणमा छ, जसको श्रेय उनले मुख्यमन्त्री ममता ब्यानर्जीलाई दिए। उनी अनुसार, डेङ्गू एक प्राकृतिक आपदा हो।
-हिस