खरसाङ: खरसाङको महानदी हाई स्कूलको दुईजना विद्यार्थीहरू राष्ट्रिय बाल विज्ञान केन्द्र कार्यक्रमको लागि छनौट भएका छन्। महानदी हाई स्कूलका दुइजना विद्यार्थीहरू क्रमैले दशौं श्रेणीकी छात्रा असनिता प्रधान अनि नवौं श्रेणीका छात्र अभि सुब्बा राष्ट्रीय स्तरको लागि छनौट भएका छन्। दुवैजना आगामी ७ र ८ अक्टोबरमा कोलकोतामा हुने राष्ट्रिय स्तरको कार्यक्रमको लागि कोलकोता जाने भएका छन्। गत केही दिन अघि तीन दिवसीय राष्ट्र बाल विज्ञान कांग्रेस प्रतियोगिता दार्जीलिङको सरकारी महाविद्यालयमा सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा दार्जीलिङ जिल्लाका ३३ वटा विद्यालयहरुले भाग लिएका थिए भने जसमा ८ वटा विद्यालयहरु राज्य स्तरीय प्रतियोगिताको लागि छनौट भएका छन्। त्यसमध्ये महानदी उच्च विद्यालयको दशौं श्रेणीकी छात्रा असनिता प्रधान अनि नवौं श्रेणीका छात्र अभि सुब्बा साथै शिक्षिका दीपा रसाइली र शिक्षक महेन्द्र छेत्रीको अगुवाईमा प्रतियोगितामा भाग लिए वापत राष्ट्रिय स्तरको प्रतियोगितामा छनौट भएका छन्।यी दुवै विद्यार्थीहरुको सफलतामा सम्पूर्ण पाठशालामा खुशी लहर छाएको बताइएको छ। यसको साथै महानदी हाई स्कूलको प्रधान अध्यापक साथै सम्पूर्ण पाठशाला परिवार गर्वित हुँदै अघिल्लो प्रतियोगितामा पनि सफलताको कामना गरेका छन् भनी विद्यालयका प्रधान अध्यापक महेन्द्र छेत्रीले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।