कोलकाताः महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा डेङ्गूले लगातार मृत्यु भइऱहेछ र यसबीच मलेरियाले पनि चिन्ता बढ़ाएको छ। दक्षिण कोलकाताको पण्डित्या रोड निवासी एक बुजुर्गको मलेरियाले गर्दा मृत्यु भएको छ। उनको आयु लगभग ५८ वर्ष थियो।
पारिवारिक सूत्रहरू अनुसार, कोलकाता नगर निगमको वार्ड नम्बर ८५ निवासी गौर हालदारलाई शनिवारदेखि ज्वरो आएको थियो। आइतवार उनलाई एमआर बांगुर अस्पतालमा भर्ती गराइएको थियो। जाँचमा उनलाई मलेरिया भएको थाहा लाग्यो। यसपछि आपातकालीन स्थितिमा उनको उपचार शुरू भयो।
दुई दिनपछि डेङ्गू संक्रमणको जाँच रिपोर्ट पनि पोजिटिभ आयो। त्यसपछि उनको लगातार उपचार भइऱहेको थियो र मंगलवार उनको मृत्यु भएको छ। बुधवार मृत्यु प्रमाण पत्रमा मृत्युको कारण डेङ्गू र मलेरिया दुवैलाई बताइएको छ।
-हिस