जलपाइगढ़ीः आबकारी विभागले दुर्गा पूजाअघि देशी मदिरा विरूद्ध अभियान शुरू गरेको छ। आबकारी विभागका कर्मचारीहरूले बिहिवार उदलाबाड़ीको दिलुबस्ती र खोचाबस्ती समेत विभिन्न क्षेत्रहरूमा अभियान चलाए। यो अभियान आबकारी विभागका ओसी दीपक साहाको नेतृत्वमा गरियो। अभियानमा २०० लीटर मदिरा समेत ९ हजार लीटर मदिरा बनाउने सामग्री नष्ट गरियो।
आबकारी विभागका ओसी दीपक साहाले भने, गुप्त सूचना पाएर आज दिलुबस्ती र खोचाबस्तीमा अवैध देशी मदिरा विरूद्ध अभियान चलाइयो। यस अवधि एउटा घरको माटोमा लुकाइएको मदिरा बनाउने भारी सामग्री र मदिरालाई नष्ट गरियो। यस प्रकारको कारबाही लगातार जारी रहनेछ।