कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले लगभग एक करोड़ रूपियाँको मादक पदार्थहरूको साथ एक महिला सहित तीन तस्करलाई समाएको छ। एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसु अनुसार, बुधवार अबेर राति यी तीनैलाई पक्राउ गरिएको छ। अबेर साझँ मुर्शिदाबादको बहरमपुर राष्ट्रिय राजमार्ग नजिक नवादापाड़ा रेल गेट क्षेत्रबाट मदाक पदार्थहरूको तस्करी हुने सूचना पाइएको थियो। यसपछि स्थानीय थानाको साथ मिलेर घेराबन्दी गरियो। यसपछि छापा मारेर तीन जनालाई पक्राउ गरियो।
यिनीहरूको पहिचान गायत्री हालदार (६९), सोहेल राणा शेख (३५) र अब्दुल हमीद उर्फ बुरहान (३५) को रूपमा गरिएको छ। यिनीहरूदेखि एक किलो १० ग्राम मर्फिन जफत गरियो, जसको अन्तरराष्ट्रिय बजार मूल्य लगभग एक करोड़ रूपियाँ छ। यो विलास बहुल पार्टीहरूमा प्रयोग हुने धेरै नै महंगो नशा हो। गायत्री हलदारले असमको गुवाहाटीबाट मर्फिन बंगाल ल्याएको र यहाँ पक्रा परेका अन्य दुईलाई सुम्पिने योजना रहेको थाहा लागेको छ। यिनीहरूलाई रेड ह्याण्डेड पक्राउ गरिएको छ। यिनीहरू विरूद्ध बहरमपुर थानामा एनडीपीएस एक्टका धाराहरू अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।
-हिस