कालचिनीः पैगम्बर हजरत मोहम्मदको जन्मदिनलाई बिहीबार कालचिनी मुस्लिम अञ्जुमन कमिटीद्वारा जश्न-ए-ईद-मिलादुन नबीको रुपमा पालन गर्दै एउटा ऱ्यालीको आयोजना गरियो। कालचिनी जामा मस्जिददेखि पैदल निस्किएको उक्त ऱ्यालीमा भाईचारा एकता र देशको प्रगतिको कामना गर्दै मस्जिददेखि मकबरासम्म मुस्लिम श्रद्धालुहरूको सहभागिता रहेको थियो। कालचिनी लगायत अन्यान्य ठाउँहरुमा पनि बिहीबार मुस्लिम समुदायले धुमधामसित ज़श्न-ईद-मिलादुन नबी पालन गरिएको हैदर अली अन्सारीले जनाएका छन्।