नक्सलबारी मण्डल भाजपाद्वारा सरसफाई सेवा सप्ताह अन्तर्गत सरसफाई अभियान

IMG-20230928-WA0178.jpg

नक्सलबारी। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा भाजपाले अक्टोबर २ सम्म स्वच्छता सेवा सप्ताह मनाउने कार्यक्रम रहेको छ। यसै अन्तर्गत नक्सलबारी मण्डल भाजपाले बिहीबार सरसफाई अभियान सञ्चालन गरे। यस दिन नक्सलबारी रेलवे स्टेशनको दुवै छेउमा झारपात सफा गरी किटनासक दवाई पनि छर्कने काम गरेको थियो। कार्यक्रममा नक्सलबारी मण्डलका अध्यक्ष मोङ्लु राईको उपस्थिति रहेको थियो। उनीसँगै डिभिजन इन्चार्ज बबिता क्षेत्री, साधन चक्रवर्ती, शैलेन रोय, बर्तु रोयलगायतको उपस्थिति थियो।

मण्डलका अध्यक्ष मोङ्लु रायले सरसफाई कायम राख्न यो कार्यक्रम आयोजना गरिएको बताए। त्यस्तै, डिभिजन इन्चार्ज बबिता क्षेत्रीले फोहोर नछोड़ी सबैले रेल लाइन र घरको सरसफाईमा ध्यान दिनुपर्ने बताइन्। यसले पैदलयात्रुलाई कुनै समस्या नपर्ने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement