दार्जिलिङ: केन्द्रले सय दिने काम र आवास योजना जस्ता केही योजनाको रकम दिनु पर्ने माग गर्दै आगामी २ र ३ अक्टोबरको दिन दिल्लीमा धरणा प्रगर्शन गर्ने राज्यको उर्जा मन्त्री अरुप विश्वासले आज जानकारी दिएका छन्। नव निर्वाचित पञ्चायत प्रतिनिधिहरुको दुई दिने इन्डक्शन तालिम कार्यक्रमको उद्घाटन गर्न मन्त्री अरूप विश्वास दार्जिलिङ आएका छन्। उनी राज्यको पञ्चायत तथा ग्रामीण विकासमन्त्री प्रदीप मजुमदारसँगै यहाँ आएका छन्। कार्यक्रमपछि पत्रकार सम्मेलन गर्दै मन्त्री अरूप विश्वासले आगामी १ अक्टोबर दिल्ली जाने अनि २ र ३ अक्टोबरको दिन आन्दोलनका कार्यक्रम गर्ने बताएका छन्। उनले कस्ता कार्यक्रमहरु गर्ने भन्ने विषयमा भने खुलाएनन्। उनले बंगालका बाँकी भागसँगै पहाडमा पनि कार्यक्रम गर्ने बताए।

यता, योजनामा भ्रष्टाचार भएको आरोपमा केन्द्रले जाँचका लागि टोली पठाए पनि केही फेला नपरेको राज्यको पञ्चायत मन्त्री मजुमदारले बताए। उनले केही नभेटिए पनि केन्द्रबाट रकम नआएको बताए। उनले ग्रामीण मन्त्रीलाई पनि भेट्ने प्रयास गर्ने बताएका छन्। दार्जिलिङमा सम्पन्न उक्त कार्यक्रममा बंगालक मन्त्रहरूसितै जीटीए प्रमुख अनित थापा, पूर्व राज्य सभा सांसद शान्ता छेत्री, हिल तृणमूल कंग्रेसको चेयरम्यान एलबी राई लगायत विभागीय अधिकारीहरू उपस्थित रहेका थिए।