बस र स्कुटी ठोक्किँदा दुई घाइते, आक्रोशित भीडले बसमा लगायो आगो

IMG-20230928-WA0172.jpg

राजगञ्ज: जलपाईगढ़ी जिल्लाको राजगञ्जको भुटकिहाट क्षेत्रमा निजी बस र स्कुटर एक आपसमा ठोक्किँदा २ जना घाइते भएका छन्। घटनापछि आक्रोशित भीड़ले बसमा आगजनी गरे। स्थानीय स्रोतका अनुसार बिहीबार बिहान करिब ११ बजे एउटा बस फालकाटा-सिलगढ़ी मार्गमा सिलगढ़ीतर्फ जाँदै थियो। यसैबीच भुटकीहाट क्षेत्रमा बसले स्कुटीलाई ठक्कर दिँदा स्कुटरमा सवार दुवैजना सड़कमा खसे तर स्कुटी बसमुनि फसेको थियो। स्थानीय बासिन्दाले बसलाई गैढ़ा मोड़मा पछ्याएर रोक्दा डरले यात्रुहरु बसबाट ओर्लिएको थियो। त्यसपछि आक्रोशित भीडले बसमा तोडफोड गरी आगजनी गरेको थियो।

घटनामा घाइते भएका दुई स्कुटी यात्रुको नाम अयुब अली र हमिदर अली रहेका छन् भने दुवै घाईतेको घर आमबारीको बीरबन क्षेत्रमा रहेको बताईएको छ। गम्भीर चोट लागेकोले घाईते दुवैलाई फुलबारीस्थित निजी अस्पतालमा लगिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement