टेट परीक्षा पूर्ण रूपले वैधानिक रहेको छ: अनित थापा

IMG-20230928-WA0186.jpg

दार्जिलिङ: टेट परीक्षा पूर्ण रूपले वैधानिक रहेको छ भनी जीटीए चिफ् अनित थापाले बताएका छन्। लामो समयदेखि विवादमा रहेको र पहाड़का विपक्षीहरूले अवैधानिक र टेट परीक्षा फर्जी भन्दै आएको विषयमा जीटीए चिफ् अनित थापाले आफ्नो स्पष्टीकरण दिएका छन्। उनले यस विषयमा भने, यदि टेट परीक्षा अवैधानिक हो भनेर राज्य सरकारले भन्छ भने शिक्षा विभाग के को आधारमा जीटीएलाई हस्तान्तरण गर्यो। यदि टेट परीक्षा गराउनु जीटीएको भूल भन्छ भने दुवै राज्य अनि केन्द्र सरकारको भूल हो। शिक्षा विभाग हस्तान्तरण गरिएको विषय हो। टेट परीक्षा हामीले विभागको अनुमोदनसहित सञ्चालन गरेका थियौं। म सरकारसँग मिलेर काम गर्दैछु। तर हाम्रो स्वायत्तता (Autonomy) माथि हस्तक्षेप हुन्छ भने त्यसको विरुद्ध म लड़ाई गर्नेछु। शिक्षा विभाग हस्तान्तरण भएको विभाग हो। सिलगढीमा हरेक वर्ष टेट परीक्षा हुन्छ। हाम्रोमा चाहिँ किन नहुनु? राज्य सरकारले जीटीए क्षेत्रमा किन टेट परीक्षा सञ्चालन गर्नु सकेको छैन आजसम्म। तब टेट कसरी अवैधानिक भयो?’
अनित थापाले विपक्षीमाथि कटाक्ष गर्दै भने, ‘जीटीएको सभासद भएपछि जीटीएको एक्ट पनि पढ्नुपर्छ नत्र भने रोहिणीको टोल गेटमा पैसा नतिरी गाडी चलाउनु मात्र हुनेछ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *