३०० ग्राम ब्राउन शुगर उद्धार

IMG_20220713_230554.jpg

सिलगढी: आज सिलगढीको बर्द्धमान रोडबाट ३ जनालाई ६० लाख रूपियाँको ब्राउन शुगर सहित एसओजी. सिलगढी थाना अनि खालपाड़ा आउट पोस्ट पुलिसले पक्राउ गरेको छ। पुलिसले तिनीहरूबाट ३०० ग्राम ब्राउन शुगर उद्धार गरेको छ। सूत्रले दिएको जानकारीअनुसार सिलगढीको बर्द्धवान रोड़मा आज लाखों रूपियाँ मूल्यको ब्राउन शुगर तस्करी हुनेबारे पुलिसले गोप्य सूचना पाएको थियो।
यसपछि पुलिसले घटनास्थलमा पुगेपछि अभियान चलाएर अजीजुरं रहमान, हबीबुर शेख र मोहम्मद नासिरलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अजीजुर र हबीबुर मालदा निवासी हुन् भने नासिर सिलगढीको झंकारमोड़ इलाका निवासी बताइएको छ। बर्द्धवान रोडमा आज अपरान्ह नासिर ती दुई जनाबाट ब्राउन शुगर ल्याउनको लागि गएका थिए। यता, डेपुटी म्याजिस्ट्रेटको उपस्थितिमा भिडियोग्राफी गरेर पुलिसले तीने जनालाई पक्राउ गरेर ब्राउन शुगर जफत गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement