स्मिथले तोडे सचिन तेन्दुलकरको रेकर्ड

00-1-Steve-Smith

राजकोट: अष्ट्रेलियाका स्टिभ स्मिथले तेस्रो एकदिवसीय क्रिकेटमा भारतीय टोलीविरुद्ध शानदार इनिङ खेलेका छन्। टोलीका लागि उत्कृष्ट ७४ रन बनाएर स्मिथ आउट भए। यो इनिङसँगै स्मिथले आफ्नो एकदिवसीय करियरमा नयाँ रेकर्ड बनाए। स्टिभ स्मिथले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन्। अब यो मामिलामा उनी सचिन तेन्दुलकरभन्दा अगाडि छन्। सचिनले आफ्नो एकदिवसीय करियरमा १३८ इनिङ्समा ५ हजार रन पुरा गरे। जहाँ स्टिभ स्मिथले ५ हजार रन पुरा गर्न १२९ ओडीआई इनिङ खेले।

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउनेमा पाकिस्तानी खेलाडी बाबर आजम शीर्ष स्थानमा छन्। बाबरले ९७ इनिङ्समा ५ हजार रन पुरा गरेका थिए । यसबाहेक हासिम अमलाले १०१ इनिङ्समा, भिभियन रिचर्ड्सले ११४ इनिङ्समा र विराट कोहलीले ११५ इनिङ्समा ५ हजार ओडीआई रन पूरा गरे। अस्ट्रेलियाका लागि सबैभन्दा छिटो ५ हजार रन बनाउने कीर्तिमानमा स्मिथ चौथो स्थानमा छन्। डेभिड वार्नरले अस्ट्रेलियाका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन पुरा गरेका छन्। वार्नरले ११५ इनिङ्समा ५ हजार रन पुरा गरेका थिए। यसपछि दोस्रो स्थानमा आरोन फिन्च रहे, जसले १२६ इनिङ्स पूरा गरे। जबकि डीन जोन्सले १२८ इनिङ्समा ५ हजार ओडीआई रन पूरा गरे। विश्वकप असोज ५ गतेदेखि आयोजना हुँदैछ। यसपटक यसको आयोजक भारतको हातमा छ। विश्वकपअघि अस्ट्रेलियाले भारतसँग ३ खेलको एकदिवसीय सिरिज खेल्दैछ। सिरिजका दुई खेलमा अस्ट्रेलिया भारतसँग पराजित भएको छ। योसँगै अस्ट्रेलियाले यो एकदिवसीय सिरिज पनि गुमाएको छ। बुधबार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा स्टिभ स्मिथले ७४ रनको इनिङ्स खेले।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *