गान्धी जयन्ती खुल्ला फुटसल प्रतियोगिता जारी

n54182311016958386893887e53d5b77ba0162b37746771d12a33a2834566f7979cdd80b57a6b457342048d.jpg

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत अप्पर शुक्रबारेमा गान्धी जयन्ती खुल्ला फुटसल प्रतियोगिता चलिरहेको छ। यस प्रतियोगिताको आयोजना स्थानीय अमरदीप संघले अप्पर शुक्रबारे प्राथामिक स्कूलको सहयोगमा गरेको हो।

गत १५ सेप्टेम्बरदेखि शुरू भएको यस प्रतियोगितामा जम्मा ३६ दलले सहभागिता जनाएका छन्।

आजको कार्यक्रममा सिक्किम ठेकादारी संघका अध्यक्ष हर्मन तेञ्जिङ नाम्चो मुख्य अतिथि तथा विशिष्ट अतिथिको रूपमा एसकेएम पार्टीको राज्यस्तरीय विद्यार्थी प्रकोष्ठका अध्यक्ष सोनाम छोपेल शेर्पा उपस्थित थिए।

आजको प्रथम खेल बराबरीमा समाप्त हुँदा टाइब्रेकरमा शुन्यको विरूद्ध एक गोल लगाएर राई बोइजले सुन्तले एफसीलाई पराजित गऱ्यो। यस खेलको म्यान अफ दी म्याच सुन्तले एससीका विज्ञान तामाङ बने।

यस्तै प्रकारले दोस्रो खेलमा शुन्यको विरूद्ध एक गोल लगाएर रमाबुङले अप्पर शुक्रबारे एफसीलाई पराजित गऱ्यो। यस अवसरमा साँस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement