भाजपाद्वारा विक्षोभ ऱ्याली

21-10-42-Capture6-9.png

कुचबिहारः कुचबिहारमा भाजपाको तर्फबाट एउटा विक्षोभ ऱ्याली निकालियो। भाजपाले मन्त्रीको छोरीलाई गैर कानुनी रुपमा नोकरी दिएको प्रतिवादमा उक्त ऱ्याली निकालेको थियो। कुचबिहार जिल्ला भाजपाको तर्फबाट आज पार्टी अफिस अघिबाट एउटा ऱ्याली निकालेर शहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि यहाँको हरिशपाल मोडमा पुगेर ऱ्यालीमा उपस्तित भाजपाका नेतृत्वहरूले मन्त्री परेश चन्द्र अधिकारीको पुतला दहन गऱ्यो। उक्त ऱ्यालीमा भाजपाका विधायक मालती राभा राय लगायत जिल्ला भाजपाका नेतृत्वहरू उपस्थित थिए।

About Author

Advertisement