गान्तोक: सिक्किम नेवार गुठीको पहलमा आज राजधानीस्थित एमजी मार्गमा इन्द्रजात्रा पर्व भव्यरूपमा पालन गरियो। यस कार्यक्रममा मन्त्री सञ्जीत खरेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले एसकेएम पार्टी सरकारमा आएपछि राज्यमा बसोबासो गर्ने विभिन्न जातिले स्वतन्त्रतारूपमा आफ्नो जातिय पर्व पालन गर्ने अवसर पाएको बताए। उल्लेखनीय छ, पूर्व सरकारको कार्यकालमा कुनै पनि जातिय पर्व मनाउनु परेको खण्डमा पार्टीको झण्डा लिएर आउनु पर्ने वाध्यता रहेको थियो भने एसकेएम पार्टी सरकारमा आएपछि राज्यका सबै जातिहरूलाई स्वतन्त्रतारूपमा आफ्नो जातिय पर्व पालन गर्ने अवसर उपलब्ध गराएको मन्त्री खरेलले जानकारी गराए। गत वर्षवर्षदेखि नेवार समुदायले इन्द्रजात्रा पर्व आठ दिवसीयरूपमा पालन गर्दै आइरहेको छ भने आज यस पर्वको छैटौ दिन एमजी मार्गमा पालन गरियो भने यसको समापन आगामी २९ सेप्टेम्बरको दिन मनन केन्द्रमा सम्पन्न हुने भएको छ। उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहनेछन्। मन्त्री खरेलले राज्यका सबै समुदायलाई आफ्नो जातिय पर्व स्वतन्त्रता ढङ्गमा पालन गर्नुपर्ने राज्य सरकारले वातावरण सृजना गरेको हुनाले सबै समुदायले आफ्नो पर्वलाई पारम्पारिक ढङगमा पालन गर्नुपर्ने आग्रह गरे।
यसै क्रममा सिक्किम नेवार गुठीका अध्यक्ष निर्मल प्रधानले प्रत्येक वर्ष झै यस वर्ष पनि इन्द्रजात्रा पर्व नेवारी समुदायको परम्परा अनुसार पालन गरिरहेको ऱ यस कार्यक्रम अन्तर्गत विभिन्न प्रकारको प्रतियोगिता आयोजना गरिएको छ।